कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

दिप प्रज्जवलन कार्यक्रम

दिप प्रज्जवलन कार्यक्रम

बिनाशकारी बाढिबाट आफ्नो अमुल्य जीवन गुमाउनुहुने प्रियजनहरुको सम्झनामा १ मिनेट मौन धारणा गरि दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरिएको छ 

सहकारीको कार्यालय
२०५६ सालदेखि स्थापित

हेटौडा बचतको संक्षिप्त परिचय

हेटौडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संवत् २०५६ साल पौष ७ गते हेटौडा-०७, नागस्वती, मकवानपुरमा कार्यक्षेत्र रहने गरी स्थापना भएको हो। मात्र २६ जना संस्थापक सदस्यहरूबाट प्रतिव्यक्ति रु. १०० का दरले जम्मा रु. २,६०० को प्रारम्भिक पुँजी संकलन गरी सुरु भएको संस्था आज यस क्षेत्रकै एक अग्रणी र भरोसायोग्य वित्तीय सहकारी संस्थाका रूपमा स्थापित भएको छ। "बचत गरौँ, ढुक्कले बाचौँ" भन्ने मूल नारालाई आत्मसात् गर्दै संस्थाले स्थानीय स्तरमा छरिएर रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी उत्पादनशील तथा आयआर्जनका क्षेत्रमा परिचालन गर्दै आइरहेको छ।

संस्थाको स्थापनाकालदेखिको निरन्तर यात्रामा आज ६,९२२ जना भन्दा बढी सेयर सदस्यहरू आबद्ध हुनुहुने भएको छ भने संस्थाको कुल वासलात रु. ७०,९५,४८,४४७ (सत्तरी करोड पञ्चानब्बे लाख अठचालिस हजार चार सय सतालीस) पुगेको छ। पारदर्शी सुशासन, सदस्य-हित केन्द्रित सेवा र प्रविधिमैत्री वित्तीय सुविधाहरूमार्फत संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ। 
 

  • सहकारी विभागबाट स्वीकृत तथा नियमन प्राप्त
  • पारदर्शी र सदस्यमैत्री सेवा प्रणाली

हाम्रो लक्ष्य

प्रत्येक सदस्यको आर्थिक जीवनस्तर उकास्ने भरपर्दो साझेदार बन्ने

हाम्रो दृष्टिकोण

नेपालकै अग्रणी सदस्यमैत्री नमुना सहकारी संस्थाको रूपमा स्थापित हुने

हामीसँग जोडिनुहोस् पूर्ण जानकारी हेर्नुहोस्

अध्यक्ष तथा व्यवस्थापकको सन्देश

अध्यक्षज्यू

आदरणीय सेयर सदस्य तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक नमस्कार! वि.सं. २०५६ साल पौष ७ गते २६ जना सदस्य र रु. २,६०० को प्रारम्भिक पुँजीबाट सुरु भएको हाम्रो संस्था आज ६,९२२+ सेयर सदस्य र रु. ७० करोडभन्दा बढी वासलातसहित यस क्षेत्रकै अग्रणी सहकारी संस्थाका रूपमा स्थापित भएको छ। "बचत गरौँ, ढुक्कले बाचौँ" भन्ने मूल नारालाई व्यवहारमा उतार्दै सदस्यहरूको बचतको सुरक्षा र पारदर्शी व्यवस्थापनमा हामी कटिबद्ध छौँ।

राजु वाईवा

अध्यक्ष, सञ्चालक समिति
व्यवस्थापक

"बचत गरौँ, ढुक्कले बाचौँ" — हाम्रो आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ। हेटौडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौडा-७, नागस्वतीले स्थापनाकालदेखि नै सदस्यहरूको आर्थिक र सामाजिक रूपान्तरणका लागि भरोसायोग्य वित्तीय साझेदारको रूपमा काम गर्दै आइरहेको छ। आजको डिजिटल युगमा मोबाइल बैंकिङ, क्युआर भुक्तानी र एसएमएस अलर्टजस्ता प्रविधिमैत्री सेवाहरू हामीले प्राथमिकताका साथ अगाडि बढाएका छौँ।

सुशिल सुवेदी

कामु व्यवस्थापक

0+

सदस्य संख्या

0

कार्यालय

रु. 0 करोड+

कुल बचत रकम

रु. 0 करोड+

वितरित कर्जा

तपाईंको आवश्यकता अनुसारका वित्तीय सेवाहरू

सदस्यको जीवनस्तर सुधारका लागि हामी विविध खालका सेवा प्रदान गर्दछौं

बचत सेवा

मासिक, बाल, ऐच्छिक, पर्व, पेन्सन लगायतका आकर्षक बचत योजनाहरू। तपाईंको आवश्यकता अनुसार छान्नुहोस् र सुरक्षित भविष्य बनाउनुहोस्।

थप हेर्नुहोस्

ऋण सेवा

घरायसी, व्यवसायीक, कृषि, शैक्षिक, महिला उद्यमी लगायतका उत्पादनशील ऋण योजनाहरू। सहज प्रक्रिया र न्यूनतम व्याजदरमा ऋण लिनुहोस्।

थप हेर्नुहोस्

रेमिटेन्स सेवा

विदेशमा रहनुभएका आफन्तजनले पठाउनुभएको रकम हेटौंडा बचतमार्फत छिटो, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नुहोस्। न्यूनतम शुल्क र सहज प्रक्रियासहितको विश्वसनीय सेवा।

थप हेर्नुहोस्

शेयर सेवा

हेटौंडा बचतको शेयर सदस्य बनी संस्थाको मालिक बन्नुहोस्। न्यूनतम शेयर खरिद गरी वार्षिक लाभांश, मताधिकार र संस्थाको निर्णय प्रक्रियामा सहभागी हुन पाउनुहुनेछ।

थप हेर्नुहोस्

ताजा सूचना तथा जानकारी

संस्थाका महत्वपूर्ण सूचना, निर्णय र कार्यक्रमहरू यहाँ प्रकाशित हुन्छन्।

सबै सूचना हेर्नुहोस्

मासिक किस्ता (EMI) हिसाब गर्नुहोस्

कर्जा रकम, ब्याजदर र अवधि छानेर तपाईंको मासिक किस्ता तुरुन्तै थाहा पाउनुहोस्।

रु.
रु. १० हजाररु. १ करोड
%
१%२०%
१ वर्ष२० वर्ष

तपाईंको मासिक किस्ता (EMI)

—/ महिना

— साँवा
  • साँवा रकम
  • कुल ब्याज
  • साँवा रकम—
  • कुल ब्याज—
  • कुल भुक्तानी—
कर्जाको लागि सम्पर्क गर्नुहोस्
वार्षिक भुक्तानी तालिका हेर्नुहोस्
वर्षसाँवा भुक्तानीब्याज भुक्तानीबाँकी साँवा

यो अनुमानित हिसाब मात्र हो। वास्तविक किस्ता संस्थाको कर्जा नीति, ब्याजदर र सेवा शुल्क अनुसार फरक पर्न सक्छ।

कार्यक्रम तथा सूचना

संस्थाका पछिल्ला गतिविधि, सूचना, कार्यक्रम तथा महत्वपूर्ण जानकारीहरू यहाँ प्राप्त गर्नुहोस्।

कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम
2026-09-18

कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

मिति २०८३ भाद्र २७ देखि २८ सम्म आयोजित कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम का केही झलकहरु ।

थप पढ्नुहोस्
सबै कार्यक्रम हेर्नुहोस्