हाम्रो बारे

हाम्रो बारेमा

गृहपृष्ठ हाम्रो बारे हाम्रो बारेमा
हाम्रो बारेमा

हेटौडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संवत् २०५६ साल पौष ७ गते हेटौडा-०७, नागस्वती, मकवानपुरमा कार्यक्षेत्र रहने गरी स्थापना भएको हो। मात्र २६ जना संस्थापक सदस्यहरूबाट प्रतिव्यक्ति रु. १०० का दरले जम्मा रु. २,६०० को प्रारम्भिक पुँजी संकलन गरी सुरु भएको संस्था आज यस क्षेत्रकै एक अग्रणी र भरोसायोग्य वित्तीय सहकारी संस्थाका रूपमा स्थापित भएको छ। "बचत गरौँ, ढुक्कले बाचौँ" भन्ने मूल नारालाई आत्मसात् गर्दै संस्थाले स्थानीय स्तरमा छरिएर रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी उत्पादनशील तथा आयआर्जनका क्षेत्रमा परिचालन गर्दै आइरहेको छ।

संस्थाको स्थापनाकालदेखिको निरन्तर यात्रामा आज ६,९२२ जना भन्दा बढी सेयर सदस्यहरू आबद्ध हुनुहुने भएको छ भने संस्थाको कुल वासलात रु. ७०,९५,४८,४४७ (सत्तरी करोड पञ्चानब्बे लाख अठचालिस हजार चार सय सतालीस) पुगेको छ। पारदर्शी सुशासन, सदस्य-हित केन्द्रित सेवा र प्रविधिमैत्री वित्तीय सुविधाहरूमार्फत संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ। 

हामीसँग जोडिनुहोस्

सदस्य बन्न वा थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्।

सम्पर्क गर्नुहोस्